डा. गोविन्द केसीलाई ९ बजे अदालतमा उपस्थित गराइँदै

डा. गोविन्द केसीलाई ९ बजे अदालतमा उपस्थित गराइँदै

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

सोमबार राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ परेका डा. गोविन्द केसीलाई आज अदालतमा उपस्थित गराइँदैछ । उनलाई बिहान ९ बजे अदालतमा हाजिर गराइनेछ । सर्वोच्च अदालतले मानहानीको अभियोगमा डा. केसीलाई मंगलवार ९ बजे अदालत उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई आदेश दिएसँगै पक्राउ गरेर सिंहदरबार हिरासतमा राखेको थियो । केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए ।

सोलगत्तै अदालतले उनलाई पक्राउ गरेर अदालतमा हाजिर गराउन निर्देशन दिएको हो । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा केसीले अदालतविरुद्ध टिप्पणी गरेका थिए ।

यो पक्राउ बारे प्रधानमन्त्री शेर बहादुर पनि असन्तुस्ट रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ