पीटर भन्छन् , अदालतमा भ्रष्टाचारको सिन्डिकेट छ ! डा.केसीसँगै जेल जान तयार छु

पीटर भन्छन् , अदालतमा भ्रष्टाचारको सिन्डिकेट छ ! डा.केसीसँगै जेल जान तयार छु

  • सोमवार, पुस २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

२४ पुस,काठमाडौं । वरिष्ठ पत्रकार तथा वाम विश्लेषक नरेन्द्रजंग पीटरले सर्वोच्च अदालतमा भ्रष्टाचारको सिन्डिकेट चलेको भन्दै त्यसविरुद्ध प्रा. डा. गाेबिन्द केसीले बोल्ने हिम्मत गरेको बताए । पत्रकार पीटरले डा.केसीको सर्वोच्च अादालतमा भएको भ्रष्टाचारविरोधी अान्दोलनमा एक्येवद्धता जाहेर गरेका छन् ।

प्रहरीले डा.केसीलाई गिरफ्तार गरेलगत्तै पीटरले सामाजिक संजालामा सर्वोच्च अदालतकै सिन्डिकेटका कारण धेरै मानिसहरुको सार्वजनिक जीवन ध्वस्त भएको बताएका छन् । पीटरले लेखेका छन्, ”उहाँले भनेकाे अदालत भ्रस्ट छ, अझ म भन्छु भ्रष्टाचारको सिन्डकेट नै चलेकाे छ । त्यही सिन्डिकेटबाट धेरैकाे सार्वजनिक जीवन ध्वस्त गरिएकाे छ र ठेक्कापट्टामा न्यायको स्वीकृत हुन्छ भने अाम जनमानसको धारणाा छ । डा. केसीले अदालतप्रति उठाएका बिषय गम्भीर छन् ।”

पीटरले भरखरै भारतमा कल्लकत्ता हाइकोर्डका चीफ जस्टिस सी एस कर्णन गिरफतार परेर ६ महिनापछि रिहा भएको बताउँदै नेपालमा पनि त्यो गर्न संकेत गरे । उनले केसीलाई गिरफ्तार गर्ने फैसला प्रधानन्‍यायाधीश गोपाल पराजुलीको निजी निर्णाय भन्दै त्यसको विरोध गर्न जरुरी भएको बताए । विरोध गरेको भरमा जेल जानु पर्ने हो भने तयार हुनु पर्ने बताउँदै पत्रकार पीटरले अाफू त्यसको लागि तयार भएको घोषणा समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ