सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाधीशमा महिला नियुक्त गर्न माग

सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाधीशमा महिला नियुक्त गर्न माग

  • आइतवार, पुस २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौँ, २३ पुस ।

नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ ।

बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै आज न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो ।

ज्ञापनपत्रमा यही पुस २० गते बसेको न्याय परिषद्को बैठकले गरेको उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र संविधानले व्यवस्था गरेअनुसारको समावेशी सिद्धान्त गर्नुपर्ने व्यवस्थालाई उपेक्षा गरिएको उल्लेख छ । परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमा चार नाम सिफारिश गर्दा एक महिला कानून व्यवसायीको पनि समावेश गरेको थिएन ।

यसअघि सर्वोच्च अदालतमा र उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति आपत्ति प्रकट गर्दै सक्षम र योग्य महिला कानुन व्यवसायीलाई सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाशीश नियुक्ति गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश पराजुलीले आगामी दिनमा सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा आफूले यस कुरालाई गम्भीरतापूर्वक लिएर महिला कानून व्यवसायीलाई नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ