ओलीले उपचारको नाममा ढुकुटीबाट १७ करोड ६६ लाख लिएको खुलासा ! कुन मितिमा कति ?

ओलीले उपचारको नाममा ढुकुटीबाट १७ करोड ६६ लाख लिएको खुलासा ! कुन मितिमा कति ?

  • आइतवार, पुस २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

२३ पुस,काठमाडौं । सर्वसाधारण नागरिक झाडा पखाला र ज्वरोको उपचार नपाएर मृत्युको शिकार भइरहेका छन् । केही दिनेदेखि जाजारकोट र जुम्लामा फैलिएको भाइरल ज्वरोका कारण १५ जना भन्दा बढीको ज्यान गइसकेको छ ।जाजारकोटको जुनीचाँदी गाउँपालिकामा ८ दिने नाबालाकसहित ९ जनाको मृत्यु भइसकेको छ भने ३ सय जना विरामी छन् । त्यस्तै जुम्लामा ६ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं विरामी छन् ।

नागरिकहरु सामान्य रोगको उपचार नपाएर ज्यान गुमाउनु पर्ने हाम्रो देशमा नेताहरुले भने करोडौं उपचार खर्च लिएर विदेश भ्रमण गर्दै अाएका छन् ।

नागरिकले झाडा पखालाको उपचार नपाइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपचारको लागि बैंकक जाँदै छन् ।
अध्यक्ष ओलीले उपचारको नाममा अहिलेसम्म १७ करोड भन्दा बढी रकम लिइसकेको खुलासा भएको छ ।

विभिन्‍न मितिमा गरी ओलीले उपचारको नाममा १७ करोड ६६ लाख रुपैयाँ राज्यको ढुकुटीबाट लिइसकेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार २०५४ असार १५ गते २० लाख २५ हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, २०६४ साउन ६ गते २७ लाख १२ हजार १००, २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, २०७१ कात्तिक १७ गते ९ करोड २२ लाख १३ हजार, २०७१ चैत ५ गते ३७ लाख ७३ हजार रुपैयाँ ओलीले लिएका छन् ।

त्यसैगरी २०७२ कात्तिक ९ गते २ करोड १२ लाख ३ सय र २०७२ कागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख सतसठ्ठी हजार चार सय २ रुपैयाँ राज्यको ढुकुटीबाट उपचार खर्च लिएका छन् ।

तर, जाजारकोट र जुम्लामा रोगले महामरीको रुप लिँदा समेत सरकारले ठोस पहल गरेको छैन । जनप्रतिनिधिहरुले पनि फेसबुकमा समवेदना लेख्नेबाहेक केही गर्न सकेका छैनन् ।

यो पटकको भ्रमणमा कति लिने हुन् विवरण अाउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ