काठमाण्डौं पुष २२ । पार्टी एकता र सरकार गठनका बिषयमा आज एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभर प्रचण्डलाई कुरेर बालकोटमा बसे ।
चार दिन अघि चितवनमा पुगेका माओवादी अध्यक्ष प्रचण्ड आज काठमाण्डौ आउने र छलफल गर्ने भनिए पनि चितवनबाट उडान स्थगित भएर आउन नसकेकाले भेट नभएको प्रचण्डका स्वकिय सचिव जोख बहादुर महराले बताए ।
आईतबार उडान सुचारु भए काठमाण्डौ जाने र ओलीसगँ भेट्ने प्रचण्डले तयारी गरेको सचिवालयले जनाएको छ ।
अस्वस्थ रहेका ओली भने प्रचण्ड आउलान भनेर घरमा कुरेर बसेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline