आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

  • शनिबार, पुस २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ ।

नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ ।

हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

दाङको तुल्सीपुर विमानस्थलमा निगमले उडान भर्ने तयारी गरेको हो भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भन्नुभयो– “तत्कालै त्यस्तो योजना छैन, अहिले पाइलट पनि छैनन्, विमान पनि कम छन्, भएका गन्तव्यमै नियमित उडान भर्न समस्या छ, पछि विमान थपिए विस्तार गरिन्छ ।”

निगमले सानो विमानले काठमाडौँबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ ।

निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी