माओवादी केन्द्रले सासद नबनाए पछि पार्टीका थारु नेताहरु सासद माग्न निर्वाचन आयोगमा पुगेका छन् । उनीहरुले एउटा निवेदन दिएर सासद माग गरेका छन् ।
२ नम्बर प्रदेशमा थारुबाट कोही पनि सासद पार्टीले नबनाएको भन्दै राम खा चौधरीको नेतृत्वमा गएको टोलीले निवेदन हालेको हो ।
बन्द सुचीमा थारु क्लष्टरबाट पहिलो नम्बरमा रहेकी पार्वतीदेवी फौजदारलाई वेवास्ता गरी अन्यको नाम पठाएको भन्दै उनीहरुले उजुरी गरेका हुन् ।
उनीहरुले पार्टी कार्यलय पुगेर रौतहटका सासद प्रभु शाहलाई समेत भेटेर नाम सच्याउन माग गरेका छन् ।
माओवादी भित्र समानुपातिक सासद हुन नपाए पछि कार्यकर्ताको ठूलो पक्ति असन्तुष्ट बनेको छ । धेरै नेताहरुको श्रीमति, छोरी र नातेदारले सासद पाएकोमा कार्यकर्ताहरु रुष्ट रहदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline