पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौँ, २१ पुस । नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक रु २६ करोड घाटामा गएको बताउँदै २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले जनतालाई मार नपर्ने गरी मूल्य बढाएको र तत्काल मूल्यवृद्धि फिर्ता लिएर समस्या समाधान नहुने धारणा राख्नुभयो ।

सो अवसरमा ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगीका माग सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो । उपभोक्ता हित संरक्षण समितिका सचिव विष्णुप्रसाद तिमिल्सिनाले साधारण उपभोक्ता र व्यवसाय उपभोक्तालाई फरक फरक मूल्य निर्धारण गर्नुपर्ने सुझाव दिनुभयो । यही पुस १७ गते बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ