जाजरकोटमा भाइरल ज्वरोका कारण ६ जनाको मृत्यु

जाजरकोटमा भाइरल ज्वरोका कारण ६ जनाको मृत्यु

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा दुई साता देखि फैलिएको भाइरल ज्वरोका कारण ६ जनाको मृत्यु भएको छ । ज्वरोले २ हजार स्थानीय बिरामी परेका छन् । जुनीचाँदे २, मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ५३ वर्षीया आइती तिरुवा, ७२ वर्षीय सतरुप शाही र नाम नखुलेका ३ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो ।

चिसोका कारण भाइरलको प्रकोप फैलिएको सिंहको भनाई छ । बिरामीमा ज्वरो आउने, हातखुट्टा दुख्ने, चिट्चिट पसिना आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वास बन्द हुने, आँखा रातो हुने लगायत लक्षण देखा परेको सिंहले बताउनुभयो । स्वास्थ्य चौकीमा दैनिक १ सय जना भाइरलका बिरामी उपचारका लागि आउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ