जुनसुकै बैंकबाट निक्षेप जम्मा गर्न सकिने

जुनसुकै बैंकबाट निक्षेप जम्मा गर्न सकिने

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

 

काठमाडौँ, २१ पुस । नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।

बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कारोवारका लागि निश्चित ठाउँ तथा समय कुर्नु नपर्ने व्यवस्था छिट्टै शुभारम्भ हुँदैछ ।” शिवाकोटीका अनुसार अब यो प्रणाली शुरु भएसँगै उपभोक्ताले सहज सेवा पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी