सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २५ गते गर्ने भएको छ । प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने तथा राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा हिजो भएको सर्वदलीय बैठकमा वाम गठबन्धनले ग्रीन सिग्नल दिएलगत्तै सरकारले माघ २५ का लागि राष्ट्रियसभा निर्वाचन मिति तय गरेको हो ।
माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय भईसकेको र निर्वाचन आयोगलाई सोही अनुसारको कार्यतालिका बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको उहाँका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिनुभयो ।
माघ २५ मा राष्ट्रिय सभा निर्वाचनका लागि आन्तरिक तयारी अगाडी बढीसकेको भन्दै परियारले सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले औपचारिक घोषणा गर्ने जानकारी दिनुभयो ।
सरकारको निर्देशनपछि निर्वाचन अयोगले पनि राष्ट्रिय सभा निर्वाचन गृहकार्य तीब्र पारेको छ । परियारका अनुसार प्रदेशको प्रमुख र अस्थायी राजनीति तोक्ने विषयमा पनि सोमबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ । यो सबै प्रक्रिया पुरा गर्दा नया सरकार बन्न फागुन लाग्न सक्ने देखिएको छ ।