व्यवसायी पौडेलको गोली हानी हत्या, मनोज पुनले लिए जिम्‍मा

व्यवसायी पौडेलको गोली हानी हत्या, मनोज पुनले लिए जिम्‍मा

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

२१ पुस,बुटवल । 

रुपन्देहीको देवदहमा एक व्यवसायी बलु भनिने बसन्त पौडेलको गोली हानी हत्या भएको छ। देवदह–२, ढेकावारमा आज बिहान ११ बजे फर्निचर व्यवसाय गर्दै आएका पौडेलमाथि गोली प्रहार भएको हो।

गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए।

मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको टाउको गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ। पौडेल एमाले नेता निलकण्ठ पौडेलका छोरा हुन।

पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी जिम्मा लिएका छन्। बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन्। पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। वर्षैपिच्छे गोली हानेर हत्या भएपछि देवदहका स्थानीय त्रसित बनेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ