एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य भनेर चिनिने गुजरातमा एक जना प्रोफेसर यति अपराधी र निर्दयी देखिए कि उनले ब्रेन ह्यामरेज भएर बसेकी आफ्नै आमालाई घरको छतबाट फ्याकेर हत्या गरेका छन् ।
गत सेम्टेम्बरमा घटना भएको थियो । शुरुमा प्रहरीले आत्महत्या मानेर केस फायल बन्द गरेको थियो । तर बिहिबार एक अज्ञात व्यक्तिले सिसिटीभी फुटेज हेर्न अनुरोध गरे पछि त्यसमा हेर्दा प्रोफेसरले आमालाई छतमा हिडाउदै गरेको देखिएको थियो ।
जयश्रीवेन नामकी ती महिलालाई छोरा सन्दीपले ओछ्यानबाट हिडाउदै छतमा लगेर फ्याकेको स्वीकार गरेका छन् । उनले हेरचाह गर्दा गर्दा दिक्क भए पछि खसालेको पनि बयान दिएका छन् । पछिल्लो समय आफ्नै आमा बुवाको बृद्धा अवस्थामा हत्या गर्ने घटना बढ्दो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline