नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण’:दाहाल

नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण’:दाहाल

  • बिहिबार, पुस २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चितवन, पुस २० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा जोड दिइएको बताएका छन् ।

प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार संयुक्तरुपमा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार गठनको बाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको जिकिर गरे ।

अध्यक्ष दाहालले पार्टी एकीकरणका विषयमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै आजसम्म भएका छलफलहरु सकारात्मक रहेको पनि दाबी गरे ।

उनले दुवै पार्टीका नेताहरुलाई समूचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद नभएको प्रस्ट पारे ।

अहिले सुशासन, समृद्धि र राष्ट्रिय एकताका विषयमा जोड दिइएको उल्लेख गर्दै उनले नेतृत्वका विषयमा गम्भीर छलफल भइरहेको बताए ।

दाहालले राष्ट्रियसभा निर्वाचनको मिति, प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मा बिहीबार काठमाडौंमा बसेको प्रमुख दलको बैठकले सरकारलाई नै दिएको बताए ।

उनले सरकारले संविधानको भावनाअनुरुप प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने उल्लेख गरे ।

अहिलेको निर्णय तुरुन्तै प्रदेशसभाले फेर्न पनि सक्ने भएकाले यसलाई ठूलो विषय बनाउनु जरुरी नभएको दाहालको भनाइ थियो ।

उनले राष्ट्रियसभा निर्वाचनलगत्तै नयाँ सरकार गठन हुने पनि बताए ।

चितवन उद्योग संघको अधिवेशन र भरतपुर महानगरपालिकाको नगरपारिषद उद्घाटन गर्न दाहाल चितवन आएका हुन् । उनी शनिबारसम्म चितवनमा रहने कार्यक्रम रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ