रसियाद्वारा इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी

रसियाद्वारा इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी

  • बिहिबार, पुस २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

 

मस्को, रसिया, २० पुस । एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन् ।

विहीबार रसियाली उपविदेश मन्त्री सर्गेइ ¥याबकोभले राज्य सञ्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नयाँ विवादमा फसाएर इरानसँग विश्वका शक्तिशाली राष्ट्रहरूको अगुवाईमा सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई छाँयामा पार्न चाहेको उहाँको दावी रहेको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार एक सार्वजनिक समारोहमा अमेरिकाले दीर्घकालिन सम्भौता गर्न चाहेको बताउनुभएको प्रसँगलाई लिएर रसियाली कुटनीतिज्ञको यो भनाइ आएको हो ।

“हामीले अमेरिकालाई इश्लामिक गण्तन्त्र इरानको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्ने प्रयास नगर्न सचेत गराउन चाहन्छौ,” ¥याबकोभले भन्नुभयो ।

चीन, फ्रान्स, जर्मनी, रसिया, संयुक्त अधिराज्य (बेलायत) र संयुक्त राज्य अमेरिकाको पहलमा इरानसँग आणविक सम्झौता भएको थियो । आणविक हतियार सम्बन्धि संयुक्त बृहद् कार्ययोजनासहित दश बर्षसम्म यूरेनियमको विकासलाई विस्तार नगर्ने सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ