एजेन्सी । अमेरीकाले पाकिस्तानलाई दिदै आएको सैन्य तथा आर्थिक सहयोग रोक्दै कार्बाहीको घोषणा गरे पछि पाकिस्तानी सेनाले कडा जवाफ दिने चेतावनी दिएको छ ।
पाकिस्तानका सैनिक अधिकारी गुफरले अमेरीकाको ईशारामा देश नचल्ने भन्दै यदी कुनै कदम चालिए जनताको चाहना अनुसार जवाफ दिने बताए ।
पाकिस्तानले अमेरीकी सेनाको रसद पानी ओसार पसार गर्ने आफ्नो मुलुकको बाटो बन्द गर्न सक्ने संकेत देखिएको छ । अमेरीकी सेनाले पाकिस्तानमाथि कुनै गतिविधि गरेमा उसले अमेरीकी ड्रोन समेत खसाल्न सक्ने आकलन शुरु भएको छ ।
पाकिस्तानी रक्षा मन्त्री खुर्रम दस्तगीरले भारत र अफ्गानिस्तानको भुमि प्रयोग गरेर पाकिस्तानमाथि हमला भईरहेको दावी गर्दै यसको विरोध जनाए ।
पाकिस्तानलाई अमेरीकी ईशारामा चल्न बाध्य पार्ने कुनै पनि कदम स्वीकार्य नहुने भन्दै उनले जस्तो सुकै परिस्थितिको सामना गर्ने चेतावनी दिएका छन् ।
अमेरीका र भारतले मिलेर घेराबन्दी गरे पनि चीनको पूर्ण सहयोग र समर्थन रहेका कारण पाकिस्तानले आफ्नो राष्ट्रिय रक्षाका लागि रणनीति बनाउदै आएको छ ।