राजधानी माग गर्दै धनकुटामा आमहड्ताल

राजधानी माग गर्दै धनकुटामा आमहड्ताल

  • बुधबार, पुस १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

राजेश बस्नेत

१९ पुस

धनकुटा । प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै आजदेखि यहाँका स्थानीयले आमहडताल शुरु गरेका छन् । 

हड्तालका कारण आज धनकुटा सदरमुकाममा बिहानदेखि बजार बन्द रहेको छ । धरान–धनकुटा–कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् ।

कोशी राजमार्गको धरान–धनकुटा खण्ड भएर पहाडी जिल्लातर्फ सञ्चालन हुने सवारीसाधन नगुड्दा  धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले राजमार्गको धनकुटा खण्डमा टायर बालेर सवारीसाधन रोकेपछि धरानबाट विभिन्न जिल्लातर्फ जान हिँडेका सयौं सवारीसाधन धनकुटा पात्लेखोलामा रोकिएका छन् । यसबाट सयाैं यात्रुहरु अलपत्र परेका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, विद्यालयका गाडीका साथै दूध र तरकारी बोकेको गाडी चलेका छन् ।

पर्याप्त भौतिक पूर्वाधार र जग्गा भएकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकाम समेत रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने उनीहरुको माग छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ