धादिङ, पुस १८ । धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना–६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको ‘अनटेस्ट’ ट्याक्टर सोमबार राती सडकबाट २५ मिटर तल खसेको थियो ।
दुर्घटनामा घाईते भएका सरोज परियारको आरुघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline