फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य , के मा कति बढ्यो मूल्य ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य , के मा कति बढ्यो मूल्य ?

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं, पुस १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमको हिजो(सोमबार) साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ मूल्य बढाएको छ ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगमको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९/७९ रुपैयाँ पुगेको छ ।

यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

नयाँ मूल्यअनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।

मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाख रुपैयाँमा झरेको निगमले जनाएको छ ।

निगमलाई अहिले पेट्रोलमा लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यासमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ ।

डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ । तराईका जिल्लामा भने यो मूल्यभन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ ।

दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी