१७ पुस,नेपालगन्ज ।नेपालगन्जको सुविधा सम्पन्न एक चारतारे होटलमा युवती बलात्कृत भएकी छन् । नेपालगन्जको चार तारे होटल सिग्नेट इन कृष्णामा ती युवतीलाई जबरजस्ती करणी गरिएको बताइएको छ ।
प्रहरीले शनिबार माध्यरात २ युवतीको उद्दार गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी राजेन्द्र अर्यालले युवतीहरुले आफुहरुमाथि जबरजस्ती करणी गरेको बताएको जानकारी दिए ।
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुर्खेतका २ पुरुषहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरी स्रोतका अनुसार उद्वार गरिएका युवतीहरु १९ र २६ बर्षकी रहेका छन् ।
होटल स्रोतका अनुसार युवती र ती पुरुषहरुसँगै नै होटलमा प्रवेश गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline