१५ पुष काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दासढुंगामा गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसको कुनै हात नभएको खुलासा गरेका छन् ।
एमालेका वरिष्ठ नेता बामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेताले पौडेलले भने, ‘दासढुंगा घटनामा गिरिजा र नेपाली कांग्रेसको कुनै हात छैन। यो म ठोकुवा गरेर भन्छु ।’
नेता पौडेलले यो पुस्तकमा गिरिजालाई कताबाट खोजिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘यो पुस्तकमा कता–कता गिरिजा र कांग्रेसलाई दासढुंगाको प्रसंग जोड्न खोज्या हो जस्तो लागेको छ ।’ नेता पौडेलले दासढुंगामा एमालेकै नेताहरुको हात रहेको संकेत गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline