११४५ खबर गरौं हेल्पलाइन सेवा प्रभावकारी हुँदै ,१७ दिनमा ६० वटा उजुरी

११४५ खबर गरौं हेल्पलाइन सेवा प्रभावकारी हुँदै ,१७ दिनमा ६० वटा उजुरी

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं ,पुस १५ । महिला हिंसा पीडितको उजुरी दर्ता गर्न राष्ट्रिय महिला आयोगले सञ्चालनमा ल्याएको ११४५ खबर गरौं हेल्पलाइन सेवा प्रभावकारी हुँदै गएको छ ।

न्यायमा महिलाको पहुँच बढाउन र महिला हिंसाका घटनामा कमी ल्याउन यस्तो सेवा शुरु गरिएको हो ।

पीडित, हिंसा हुन लागेको अवस्था वा अधिकारबाट वञ्चित गराइएका महिलाले ११४५ मा फोन गरी उजुरी दर्ता निस्शुल्क रुपमा गर्न सक्छन् ।

६० वटा उजुरी दर्ता महिला हिंसाका उजुरी लिखित रुपमा लिने राष्ट्रिय महिला आयोगले हाल टेलिफोन मार्फत् त्यस्ता उजुरी दर्ता शुरु गरेको छ ।

विश्व बैंकको सहयोगमा आयोगले गत मंसिर २४ गते ११४५ खबर गरौं हेल्प लाइन सेवा शुरु गरेको हो ।

सेवा शुरु भएको आधा महिनाको अवधिमा आएका ५ हजार ७ सय ८० वटा कलबाट ६० उजुरी दर्ता भएको आयोगका सचिव तुलसीराम सेढाईले बताउनु भयो ।

अधिकांश उजुरी घरेलु हिंसा, साइबर क्राइमसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । समस्या समाधान नभएसम्म सहयोग दर्ता भएका उजुरीमध्ये केही मिलापत्र मार्फत् टुङ्गिएको र अन्य कानूनी प्रक्रियामा रहेको लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथामका लागि एकीकृत परियोजना सम्बोधनका प्रोजेक्ट म्यानेजर पलिता थापाले जानकारी दिनुभयो ।
उजुरी दर्तापछि आयोगले पीडितलाई परामर्श, निस्शुल्क कानूनी सहायता र समस्या समाधान नभएसम्म सहयोग गर्छ ।
काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटमा हाल पाइलट प्रोजेक्टको रुपमा यो सेवा शुरु भएपनि झापा, कञ्चनपुर, सर्लाहीबाट समेत उजुरी आउने गरेको आयोगले जनाएको छ ।
महिला हिंसाका घटनामा कमी ल्याउन र न्यायमा महिलाको पहुँच बढाउन यो हेल्पलाईन सहयोगी हुने अपेक्षा आयोगको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ