लालबाबु पण्डितलाई तीन महिना जेल हुने, यस्तो छ कारण

लालबाबु पण्डितलाई तीन महिना जेल हुने, यस्तो छ कारण

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

१५ पुष काठमाडौँ । सामान्य प्रशासन मन्त्री भएर चर्चा कमाएका पूर्वमन्त्री लालबाबु पण्डितले एक जना नायिकासँगको भेटमा १ हजारको नोटमा केरमेट गरेर सफा नोट नीतिको धज्जी उडाउका छन् ।

आफू सधैं कानूनको पालना गर्ने बताउँदै आएका पूर्वमन्त्री एवं मोरङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद पण्डितले अभिनेत्री केकी अधिकारीलाई १ हजार रुपैयाँको नोटमा हस्ताक्षरसहित केरमेट गरेर अटोग्राफ दिएका हुन् ।

पूर्वमन्त्री पण्डित विराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा बुधबार आयोजित एउटा नेपाली चलचित्रको प्रचार–प्रसार कार्यक्रममा मुख्य अतिथि थिए । सोही क्रममा पूर्वमन्त्री पण्डितले नायिका केकीलाई १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिएका हुन् ।

नेपालमा सफा नोट नीति आएको जानकारी हुँदाहुँदै कागज मागेर हस्ताक्षर गर्दै अटोग्राफ दिनुपर्नेमा पूर्वमन्त्री पण्डितले नायिकाले दिएको १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिए ।

पूर्वमन्त्री पण्डितले मात्र हैन, नायिका केकी अधिकारीले सफा नोट नीतिविरुद्ध १ हजार रुपैयाँको नोटमा केरमेट गराएकी छन् । पण्डितलाई देखेपछि केकीले हजारको सो नोटमा लालबाबुको अटोग्राफ लिएकी हुन् ।

सो कार्यक्रममा एमालेका नेता पण्डितले १ हजार रुपैयाँको नोटमा केरमेटसहित अभिनेत्री केकी अधिकारीको सुन्दरताको तारिफ गर्न पछि परेनन् ।

नेपाल राष्ट्र बैंकले लागू गरेको सफा नोट नीतिअन्तर्गत नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । यही नीतिअन्तर्गत नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्नेलाई पनि सोही सजायको व्यवस्था छ ।

व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई तीन महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतले सफा नोट नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो ।

सर्वाेच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।चक्रपथबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ