कार्यालय सहयोगीको भरमा सीमा प्रशासन

कार्यालय सहयोगीको भरमा सीमा प्रशासन

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौ १५ पौष ।
भारतको सिक्किम र दार्जि्लिङसँग सीमा जोडिएको पाँचथरको याङवरक गाउँपालिका च्याङथापूमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगीले संचालन गर्दै आएका छन् ।

सरकारले २०३२ सालदेखि सीमा प्रशासन कार्यालय संचालनमा ल्याए पनि २०५८ सालदेखि दश वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित बनेका कर्मचारी अझै फर्केर आएका छैनन् ।

एकजना शाखा अधिकृतसहित सातजनाको दरबन्दी रहेको सीमा प्रशासन कार्यालयमा अहिले एकजना कार्यालय सहयोगी मात्र छन् ।

च्याङथापू बजारमा रहेको कार्यालय परिसरमा कार्यालय सहयोगीले बिहान, बेलुका राष्ट्रिय झण्डा फहराउन झिक्ने, कार्यालय खोल्ने र बन्द गर्ने काम गर्दै आएका छन् ।

सेवा सुरु गर्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजले पटक पटक पहल गर्दा समेत कार्यालयबाट सेवाप्रवाह हुन सकेको छैन ।

२०५८ सालदेखि कर्मचारीबिहीन बनेको सीमा प्रशासन कार्यालयबाट शान्ति प्रक्रियापछि केही महिना नागरिकता वितरण समेत गरिएको थियो । ती कर्मचारीको अन्यत्र सरुवा भएपछि सहयोगीको भरमा संचालन हुँदैआएको हो ।

च्याङथापुको सीमा प्रशासन कार्यालयबाट नागरिकता प्रमाण–पत्र वितरण, निकासी पैठारी हुने सामग्रीको चेकजाँच र राजश्व अशुली कार्य हुने गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ