मेलम्ची खानेपानी आयोजना अन्तरगत अम्बाथान–ग्याल्थुम सुरुङ खण्डको ब्रेक–थ्रु

मेलम्ची खानेपानी आयोजना अन्तरगत अम्बाथान–ग्याल्थुम सुरुङ खण्डको ब्रेक–थ्रु

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ १५ पौष ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अन्तर्गत अम्बाथान–ग्याल्थुम सुरुङ खण्डको ब्रेक–थ्रु भएको छ । ८ दशमलव २ किलोमिटरको सो खण्डको गएराति ब्रेक थ्रु भएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

ब्रेक थ्रु बारे औपचारिक जानकारी गराउन आज दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गरिएको आयोजनाले जनाएको छ । कार्यक्रममा शहरी विकास राज्यमन्त्री कुन्ती शाही, मन्त्रालयका सचिव–सहसचिव, एसियाली विकास बैंकका प्रतिनिधि, स्थानीय अधिकारी लगायतको उपस्थिती रहनेछ ।

आयोजनाले गरेको यो दोश्रो ब्रेक थ्रु हो । यो सँगै अब मेलम्ची आयोजनाको सुरुङ अन्तर्गत ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक थ्रु गर्न बाँकी रहेको छ । सो खण्ड अन्तर्गत करीब ५ सय मिटर खन्न बाँकी रहेको र आगामी जनवरी भित्रै त्यसको पनि ब्रेक थ्रु गर्नेगरी काम अघि बढिररहेको आयोजनाले जनाएको छ ।

मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइ प्रशोधनपछि मात्रै वितरण गर्ने योजना अनुसार अहिले प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ । सेप्टेम्बर २०१३ सम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै सन् २०१२ मा सम्झौता तोडिएको थियो ।

सो यता सुरुङ निर्माणको काम इटालीयन कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीले गरिरहेको छ । पटक– पटक म्याद थप गर्दै आएको आयोजनाले २०७४ सालको नयाँ वर्षको सुरुवातमै काठमाण्डौं उपत्यकाबासीको घरघरमा मलेम्चीको पानी र्पुयाइसक्ने दावी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी