भ्रष्टाचार नियन्त्रणमा सबैको साथ आवश्यक छ :प्रमुख आयुक्त बस्न्यात

भ्रष्टाचार नियन्त्रणमा सबैको साथ आवश्यक छ :प्रमुख आयुक्त बस्न्यात

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

१४ पुस, महोत्तरी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार विरुद्ध आयोगले चाल्ने हरेक पाइलामा साथ दिन सबैमा आग्रह गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको भवन शिलान्यास कार्ययक्रममा बोल्दै उहाले भ्रष्टाचाररहित नेपालको परिकल्पनालाई साकार पार्नको लागि आयोगको प्रयासमा सबै सरोकारवालाको सद्भाव, सहयोग र सहकार्य सधै आवश्यक रहेको वताउनु भयो।

आयोगको बर्दिवास नगरपालिका ३ स्थित गौरीडाँडामा आयोगको प्रदेश नम्बर २ कार्यालयको प्रशासकीय भवनको एक कार्यक्रमकावीच प्रमुख आयुक्त बस्न्यातले शिलान्यास गर्नुभएको थियो ।

प्रमुुख आयुक्त बस्न्यातले भ्रष्टाचारलाई शुन्यमा र्पुयाउन नसकेपनि यसलाई सबैको प्रयासबाट कमी गराउन सकिने बताउनु भयो ।

आयोगको बर्दिवास नगरपालिका(३ स्थित गौरीडाडामा आयोगको भवन निमार्णको कुल लागत १३ करोड ९० लाख ६४ हजार रहेको र भवन निमार्ण कार्य दुई वर्ष भित्र सम्पन्न हुने लक्ष्य राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ