ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग

ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 

काठमाडौँ, १४ पुस। 

नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नियम, कानूनभन्दा बाहिर खोलिएका उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न आग्रह गर्नुभएको छ । “वीरगञ्जमा मानिस जिउँदै जलिरहेको छ, त्यस्तो भयानक दृश्य यहाँ देख्न नपरोस् भन्ने उद्देश्यले हामीले खबरदारी गरेका हौँ,” – उहाँले भन्नुभयो ।

उहाँले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको इञ्जिनियरिङ कलेज, सिद्धार्थ वनस्थली इन्टिच्युटलगायतका थुप्रै विद्यालय औद्योगिक क्षेत्रको वरपर सञ्चालन छन्, त्यी विद्यार्थीको सुरक्षाका लागि आन्दोलन गर्नुपरेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका–१६ का अध्यक्ष मुकुन्द रिजालले धेरै विद्यालय र बस्ती भएको बालाजु क्षेत्रको बीचमा उद्योग सञ्चालन भएको भन्दै यसलाई तत्काल हटाउनका लागि वडावासीले पटकपटक माग गरिसकेको बताउनुभयो ।

“उद्योग हटाउनका लागि वडाले पाँच महिना पहिले आपूर्ति, उद्योग र वातावरण मन्त्रालयलाई पत्राचार समेत ग¥यौँ, अहिलेसम्म सुनुवाइ हुन सकेन,” – उहाँले भन्नुभयो ।

नेपाली काँग्रेस वडा नं १६ का अध्यक्ष देवेन्द्र पाठकले ग्यास उद्योग हटाउनका लागि भोलिदेखि नै हस्ताक्षर अभियान शुरु गर्ने बताउनुभयो । “टोलवासीले पटकपटक खबरदारी गर्दा पनि सुनुवाइ भएको थिएन, आज नेविसंघले साथ दिएको छ,” – उहाँले भन्नुभयो ।

नेविसंघका केन्द्रीय सदस्य एवं सोही क्षेत्रका बासिन्दा सुशील भट्टले आफूले राखेको माग सुनुवाइ नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने बताउनुभयो । “हामी सरोकारवालासँग छलफल, ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्छौं, यदि हाम्रो माग सुनुवाइ भएन भने सडक आन्दोलनमा जान्छौँ,” – उहाँले भन्नुभयो । कार्यक्रममा स्थानीयवासी र विद्यार्थीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ