भोजपुर , १४ पुस ।
भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणले खटाएका ईन्जिनियर र जनप्रतिनिधि नै खुलम खुल्ला रुपमा भूकम्प पिडितसँग घुस मागिरहेको खुलासा भएको छ ।
ईन्जिनियरहरुको टिम पीडित को लगत र घर को स्टिमेट गर्न भोजपुर षडानन्द नगरपालिका जाँदा नपाको ईन्जिनियर सँगको मिलेमतो मा कुदाक काउले नेपालडाडा खार्ताम्छाबाट घर हेरि ५ देखि ८ हजार सम्म घुस लिएको खुलासा भएको हो ।
प्राधिकरणले खटाएका कर्मचारीले नै ठाडै भूकम्प पिडितसँग घुस लिएको र नदिए नक्सा पास नै नगर्ने धम्कि दिएको सूचनाका आधारमा पीडित सबै को रकम फिर्ता गर्ने नेकपा को जनसरकार को ह्विप अनुसार ईन्जिनियर हरु भागेर हिजो दिङ्ला आए भने स्थानीय जनप्रतिनिधि र जनसरकार को समझदारी अनुसार पीडित को पैसा जनसरकार ले एउटा कार्यक्रमको बिच फिर्ता गर्ने तयारी भएको नेकपा भोजपुरले जनाएको छ । यो नगरपालिका भित्र ७२ सालको भुकम्पमा करीब तीन सय घर भत्किएको थियो । पीडितको रकम फिर्ता गर्न मेयर वीर बल राई पनि सहमत भएको बताइएको छ । केही दिन अघि कुदाकाउलेको वडा अध्यक्षमाथी कुटपिट गरेका थिए ।
घटनाबारे हामि थप अपडेट गर्ने छौ ।