अति भएपछि पतिको औंला काटी पोलेर खाएँ :रिसमी महतरा

अति भएपछि पतिको औंला काटी पोलेर खाएँ :रिसमी महतरा

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

दाङ, पुस १४ । पश्चिम दाङमा पत्नीले पतिको औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय पति चन्द्रबहादुर महतराको दाहिने हातका चार औंला काटी पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पतिले जाँडरक्सी खाएर सधैं कुटपिट गर्ने गरेका कारण औंला पोलेर खाएको रिसमीले बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

आरोपितको बयानमा विश्वस्त हुन नसकेर घरमा औंला खोज्न गए पनि नभेटिएपछि पोलेरै खाएको निष्कर्षमा पुगेको बताइएको छ ।

रिसमीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।

औंला काटिएपछि गम्भीर घाइते भएका पतिलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालजञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ