काठमाण्डौ , १३ पुस । नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेबीचको पार्टी एकताले अहिले राजनितिक माहोल तताएको छ । पार्टी एकतालाई सार्थक रुप दिन दुबै पार्टी अन्तरिक छलफलमा ब्यस्त भएका छन् ।
पार्टी एकता , नयाँ सरकार गठन लगायतका बिषयमा छलफल गर्न बिहिवारबाट एमाले स्थाई समिति र माओवादीको केन्द्रिय कार्यलय बैठक सुरु भएको छ ।
यसै क्रममा नेकपा माओवादी केन्द्रका युवा नेता सिपी कडरियाले पार्टी एकताको सवालमा बिचार, दृष्टिकोण र आगामी कार्य्दिशा निर्माणको बिषयलाई बहसको मु्ख्य केन्द्रविन्दु बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
उहाँले पार्टी एकताको सवाल जनअनुमोदित भैसकेको संदर्भमा एउटा पक्षमा देखापरेको चरम दम्भ ( उन्माद !!??) र अर्को पंक्ति मा देखा परेको हतारो ( अदूरदर्शिता!?) प्रबृति पार्टी एकताका लागि घातक हुने बताउनु भयो ।
मिर्मिरे अनलाईसँग कुरा गर्दै युवा नेता कडरियाले झट्ट हेर्दा सामान्य जस्तो लाग्ने तर पार्टी एकता सिंगो शान्ति प्रकृया र समग्र राजनैतिक अध्याय निकट भबिष्यमै करिब निर्णायक धुरी बन्न सक्ने पनि औल्याउनु भयो । आगामि माग २३ गतेबाट समयसिमा सकिन लागेको सल्य निरुपण तथा मेलमिलाप आयोगले केही महिना भित्रमै सिंगो राजनैतिक अध्याय लाई नै चुनौती खडा गर्न सक्ने भन्दै उहाँले भन्नुभयो , लाखौं युद्धकालीन मुद्धाहरु थन्किएका छन । आयोगले अहिलेसम्म के गर्यो ? किन निकम्मा बन्यो ? आयोगको कानुनी विकल्प के ? भन्ने प्रश्नहरु गम्भिर रुपमा खडा भएका छन् ।
यसको निकासको लागि बिद्यमान ऐन संशोधन र तदनुरूप कानुन निर्माण को विषय लाई अहिलेको मु्ख्य कार्यसूची बनाएर अगाडि नबढाएको खण्डमा सरकार निर्माण, पार्टी एकता, शक्ति साझेदारी जस्ता सारा प्रश्नहरु छायाँमा पर्ने स्पष्ट संकेत देखापरिसकेको छ ।
त्यस्तै सरकार निर्माण र पार्टी एकताको सवालमा संतुलित एवम् सम्मानजनक ढंगबाट समाधान खोज्न सरकार संचालनको नेतृत्व केपी शर्मा ओलीलाई र पार्टी नेतृत्वको जिम्मेवारी माओवादी अध्यक्ष प्रचण्डलाई दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले पार्टी एकताको सवाल लाई नितान्त प्राविधिक सवालमा सीमित गर्ने ऐतिहासिक महाभूल गर्न नहुने तथा बिचार, दृष्टिकोण र आगामी कार्य्दिशा निर्माणको बिषयलाई बहसको मु्ख्य केन्द्रविन्दु बनाउनु पर्ने समेत बताउनु भयो ।
विशेषगरी वाम गठबंधन र एकताका अगुवाहरु र सूत्राधार हरुको ध्यान जान पर्ने अत्यथा शान्ति प्रक्रिया असफल हुनमा उहाँको जोड छ ।
अर्को प्रशंगमा उहाँले नेपाल कम्युनिष्ट पार्टीले सन्चालन गरेको चुनाव खारेजी अभियानलाई राजनितिक मुद्धा भएको प्रतिक्रिया दिनुभयो । नेता कडरियाले भन्नुभयो , विप्लव नेतृत्वको नेकपाले उठाएको बिषय नितान्त राजनितिक मुद्धा हो , त्यसलाई राजनितिक ढंगलेनै हेरिनुपर्छ ।