नेपाल कम्युनिष्ट पार्टिले सुरु गर्‍यो जनप्रतिनिधिमाथि जनकारवाही ! पहिलो भौतिक कारवाही भोजपुरमा

नेपाल कम्युनिष्ट पार्टिले सुरु गर्‍यो जनप्रतिनिधिमाथि जनकारवाही ! पहिलो भौतिक कारवाही भोजपुरमा

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

१३ पुस,भोजपुर । चुनावलाई खारेज गरेर समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधिमाथि जनकारवाही सुरु गरेको छ ।

स्थानीय तहमा गएका विकास निर्माणका योजनालाई मनपरी रुपमा र राजनीतिक अास्थाका कारण पूर्वाग्रह राखेको र नेपाली काँग्रेसका कार्यकर्तालाई मात्र फाइदा पुग्ने गरी बजेट बाँडेकोले चेतावनी स्वरुप कारवाही गरेको नेकपा भोजपुरले जनाएको छ ।

नेपाली काँग्रेसको तर्फबाट भोजपुरको पूर्वी अरुण गाउँपालिका– १ का वडाध्यक्ष नगेन्द्र खत्रीलाई नेकपाका कार्यकर्ताहरुले कुटपिट गरेको छन् । नेकपा भोजपुरका इन्चार्ज ग्यानुले विज्ञप्ति निकालेर खत्रीलाई चेतावनी स्वरुप कारवाही गरेको बताएका छन् ।

नेकपाले जारी गरेको विज्ञप्तिमा अाफ्नो पार्टीले गरेको अपीललाई बेवास्ता गर्दै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई भोट मागेको, नेपाल सरकार र दातृ निकायबाट वडामा अाएको बजेटमा भ्रष्टाचार गरेको तथा मनपरी बजेट बाँडेको उल्लेख छ ।

त्यसैगरी इन्चार्ज ग्यानुले खत्रीले निर्वाचित भएपछि वडामा कार्यरत कर्मचारी र शिक्षकहरुलाई राजनैतिक आस्थाका आधारमा विभेद गरेको र चुनावको बेलमा अाफ्नो पार्टीविरुद्ध सुराकी गरेको समेत बताएका छन् ।

गम्भीर घाइते खत्रीको प्याउली अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ। खत्री खतरामुक्त रहेको बताइएको छ ।

कार्यालय जाँदै गर्दा खत्रीलाई बाटोमा नेकपा कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो जनप्रतिनिधिमाथि नेकपाको पहिलो भौतिक कारवाही हो ।

यस्ता छन् खत्रीमाथि नेकपाले लगाएका पाँच अारोप 

१. हाम्रो पार्टीको अनुरोध विपरि कथित प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धको नाममा नेपाली काँग्रेसलाई भोट मागेको ।
२. आफूले संचालन गर्ने योजनाका नाममा विभिन्न दातृ निकाय र नेपाल सरकारबाट बजेट विनियोजन गरी काम नै नगरी भ्रष्टाचार गरेको ।
३. निर्वाचित भएपछि वडामा कार्यरत कर्मचारी र शिक्षकहरुलाई राजनैतिक आस्थाका आधारमा विभेद गरेको ।
४. वडाको बजेट विनियोजनमा नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई फाइदा पुग्ने गरी बजेट बाँडेको ।
५. हाम्रो पार्टी र पार्टीका सदस्यविरुद्ध सुराकी गरेको ।

यस्तो छ विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ