पार्टी अध्यक्ष नपाए एमालेसँग एकता हुँदैन : माओवादी केन्द्र

पार्टी अध्यक्ष नपाए एमालेसँग एकता हुँदैन : माओवादी केन्द्र

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं ।  पार्टी अध्यक्ष नपाएसम्म नेकपा माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नगर्ने भएको छ । धेरै सिट जितेको हिसावले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई निशर्त स्विकार गर्ने बताएको माओवादीले पार्टी अध्यक्षपनि छोडेर एकता नगर्ने बताएको हो ।

माओवादी केन्द्रीय कार्यालयको बिहिबारको बैठकमा बोल्ने सबै नेताहरुले पार्टी एकताका लागि माओवादीले अध्यक्ष पाउनुपर्ने कुरा बटमलाईन बनाएर जानुपर्ने धारणा राखेका हुन् ।

बर्तमान राजनीतिका विभिन्न विषयमा भैरहेका छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा ब्रिफीङ गरेको एक नेताले  जानकारी दिए । एमालेका तर्फबाट सरकार बनाउन हतार गरेको तर पार्टी एकताका लागि आवश्यक तयारी र लचकता नदेखाएको आशंका पनि माओवादीका नेताहरुले गरेका छन् ।

माओवादीले सातै प्रदेशका माओवादी तर्फका समानुपातिक सांसदहरुको समेत टुंगो लगाएको छ । पार्टीका तर्फबाट टुंगिएको नामवली निर्वाचन आयोगमा बुझाउने माओवादी केन्द्रको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ