प्रचण्डलाई माओवादीकै नेताले दिए चेतावनीः ठोरीको जमिन एक इन्च दायाँबायाँ गरिए कत्लेआम

प्रचण्डलाई माओवादीकै नेताले दिए चेतावनीः ठोरीको जमिन एक इन्च दायाँबायाँ गरिए कत्लेआम

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१३ पुस,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्साको ठोरीबारे दिएको अभिव्यक्तिविरुद्ध पार्टीकै नेताहरु नै सार्वजनिक रुपमा विरोधमा उत्रेका छन् । संघीय समाजवादी फोरम नेपालका नेताहरुले प्रदर्शन गरेका थिए । फोरम नेताहरुले प्रचण्डले अभिव्यक्ति फिर्ता नलिए हात काट्ने धम्की समेत दिएका थिए ।

पार्टी अध्यक्षको अभिव्यक्तिविरुद्ध पार्टीकै नेताहरु सार्वजनिक रुपमै विरोधमा उत्रेका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलनको अायोजना गरेर माओवादी केन्द्रका केन्द्रीय सदस्य जालिम मियाँले अध्यक्ष प्रचण्डले हचुवाको भरमा ठोरीबारे बोलेको भन्दै विरोध गरे ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत रहेका मियाँले ठोरी गाउँपालिका पर्साको अभिन्‍न अंग भएको बताउँदै एक इन्च पनि प्रदेश नं ३ मा गाभ्न नमिल्ने बताए । उनले जर्बजस्ती गाभ्ने प्रयास गरिए ‘कत्लेआम’ (सार्वजनिक हत्या)’ गर्न पनि पछि नपर्ने चेतावनी दिए ।

‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जहाँजहाँ जानु छ गए हुन्छ तर जमिन एक इन्च पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन, ठोरीलाई प्रदेश नं ३ मा हैन २ मै राख्नुपर्छ, यदी कोही पर्सावासीको भावना विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु’ मियाँले भने ।

केही दिन पहिले ठोरीमा अायोजित कार्यक्रममा  बोल्दै प्रचण्डले ठोरीलाई प्रदेश नम्बर ३ मा गाभ्ने अाश्वासन दिएका  थिए । प्रशासनिक सुगमताका कारण ठोरीलाई चितवनसँग गाभ्न उपयुक्त हुने बताएका थिए ।

यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय समेत गरिसकेको छ । ठोरीबासीले चितवनसँग गाभ्न माग गर्दै अाएका छन्।  स्थानीय चुनाममा ठोरीमा गाउँपालिका प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा माओवादी केन्द्रले चुनाव जितेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्ने अभिव्यक्ति दिएपछि अहिले सर्बत्र बिरोध भइरहेको छ ।

अध्यक्ष प्रचण्डको यस्तो घोषणाले फेरि मधेसमा अान्दोलन चर्किने भन्दै अभिव्यक्ति फिर्ता लिन माकेका मधेसी नेताहरुले सुझाव दिइरहेका छन्।

भारतसँग सीमा जोडिएको ठोरी पर्सा जिल्लामा पर्ने भए पनि चितवन भएर जानुपर्छ । साविकको ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस मिलाएर हाल ठोरी गाउँपालिका बनेको छ। फाइल फोटो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ