प्रविधिको उपयोग गर्दै सेवालाई सरल, छिटो, पारदर्शी र जवादेही बनाउनुपर्ने

प्रविधिको उपयोग गर्दै सेवालाई सरल, छिटो, पारदर्शी र जवादेही बनाउनुपर्ने

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

पोखरा, १३ पुस ।

पोखरा लेखनाथ महानगरपालिमा सेवाको प्रभावकारिताका लागि प्रविधिको उपयोग गर्दै सेवालाई सरल, छिटो, पारदर्शी र जवाफदेही बनाउनुपर्ने एक अध्ययनले निष्कर्ष निकालेको छ ।

सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले महानगरपालिको सेवा प्रवाह लगायतका विषयमा गरेको अध्ययनले सेवालाई प्रभावकारी बनाउन महानगरले प्रविधिको उचित उपयोग गर्नुपर्ने निश्कर्ष निकालेको हो।

कार्यालयका काम–कारबाही भए÷नभएको सम्बन्धमा गरिएको अध्ययनबाट महानगरभित्र सुशासन कायम गराउँदै सेवाको प्रभावकारिता वृद्धि गर्न अझै धेरै काम बाँकी रहेको सदाचार प्रतिबद्धता कार्यान्वयन सर्वेक्षण प्रतिवेदन–२०७४ ले देखाएको छ ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुशासन एवम् भ्रष्टाचार न्यूनीकरणका लागि सबैमा सकारात्मक सोच अपरिहार्य रहेको बताउनुभयो ।
महानगरपालिकाभित्र जनशक्तिको अभावका साथै सबै वडाहरू प्रविधिको सहज पहुँचको अभावमा रहेका वास्तविकतामा सेवाग्राहीले प्राप्त गर्ने सेवामा ढिलासुस्ती भएको उल्लेख गर्नुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष श्रीहरि अर्यालले जनप्रतिनिधि चयन भइसकेकका अवस्थामा उनीहरूले सहज रुपमा काम गर्ने वातावरण निर्माण हुनु आवश्यक भएको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नागरिकको जिम्मेवारीपनले सरकारी निकायलाई पनि जिम्मेवार बनाउने बताउँदै त्यसका लागि नागरिकको सचेतता अपरिहार्य हुने उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख यदु पन्थीले भ्रष्टाचार केवल आर्थिक लेनदेनमा मात्र नभई विभिन्न क्षेत्रमा हुने बताउँदै प्रत्येक व्यक्तिमा मनोगत रुपमा परिवर्तन नआउँदासम्म यसलाई नियन्त्रण गर्न नसकिनेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ