काठमाडौ ,१३ पौष ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बसिरहेको छ ।
बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा माओवादीसँगको एकता र नयाँ सरकार गठन लगायतका बिषयमा छलफल भईरहेको एमाले सचिव भीम आचार्यले जानकारी दिनुभयो ।
बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयन गर्ने बिषयमा छलफल हुनेछ ।
बैठकमा नयाँ सरकार गठनका बिषयमा समेत छलफल हुने आचार्यले जानकारी दिनुभयो । नयाँ सरकार अघि नै एकता प्रक्रियालाई अन्तिम चरणमा र्पुयाउने बताएका दुबै दलले त्यसको खाका समेत तयार गर्ने तयारी गरेका छन् ।
स्थायी कमिटि बैठकपछि सम्भव भए आजै नभए भोली एकता संयोजन समितिको बैठक बसेर एकताको प्रक्रिया अघि बढाउने सचिव ज्ञवालिले जानकारी दिनुभयो ।
त्यस्तै आजको बैठकले पार्टीले प्रदेशसभातर्फ प्राप्त गरेको समानुपातिक सिट संख्यामा रहने सदस्य टुङ्गो लगाई आयोगमा पठाउने उहाँको भनाई छ । प्रदेशसभातर्फ समानुपातिकको अन्तिम सूची पठाउन आयोगले दलहरुलाई भोलीसम्मको समय दिएको छ ।