नेकपासँग पार्टी एकताको तयारी गर्दै छौ : मोहन वैद्य

नेकपासँग पार्टी एकताको तयारी गर्दै छौ : मोहन वैद्य

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१३ पुस, बुटवल ।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले सच्चा क्रान्तिकारीलाई गोलवद्ध गरेर जनवादी क्रान्ति गर्ने वताउनु भएको छ ।

प्रदेश नं ५ को प्रशिक्षण कार्यक्रमलाई बुटवलमा उद्घाटन गर्दै उहाले मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएको दाबी गर्दै आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको समेत बताउनु भयो ।

महासचिव वैद्यैले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि एकताका लागि छलफल भइरहेको बताउनु भएको हो ।

मुलुकमा बनेका दुई वाम तथा लोकतान्त्रिक गठबन्धन जनताका लागि नभएर पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न बनेको उहाको आरोप छ । उहाले एमालेसँग माओवादी केन्द्रको एकता नभएर विलय हुन लागेको जिकिर गर्नुभयो ।

चितवनमा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकपछि पहिलोपटक प्रदेश नम्बर ५ स्तरीय प्रशिक्षण तथा बैठक बुटवलमा चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ