देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक,कसको के छ तयारी ?

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक,कसको के छ तयारी ?

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं पौष १३ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान गर्नु भएको छ ।

बैठक भोली बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइराला लगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो।

बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने भएको छ । निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि कतिपय नेताले विशेष महाधिवेशनको मागसमेत गरेका थिए ।

बैठकमा निर्वाचनमा भएका अन्तर्घातबारे छानबिनको माग गर्नुका साथै र महासमिति बैठकको माग गर्ने तयारी रहेको एक नेताले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ