राष्ट्रपति भण्डारी र दाहालबीच भेटवार्ता,अध्यादेशको विवादका बारेमा छलफल

राष्ट्रपति भण्डारी र दाहालबीच भेटवार्ता,अध्यादेशको विवादका बारेमा छलफल

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, पौष १३ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज विहान भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र दाहालबीच पछिल्लो समय मुलुकमा देखिएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धि अध्यादेशका विवादका बारेमा छलफल भएको बताइएको छ ।

छलफलका क्रममा राष्ट्रपति भण्डारीले जनमतको सम्मान गर्दै मुलुकमा जारी गतिरोध अन्त्यको पहल गर्न दलहरुलाई आग्रह गर्नुभएको हो ।

दलहरु मिलेर गतिरोध अन्त्य गर्नुको विकल्प नभएको भन्दै राष्ट्रपति भण्डारीले सहमतीको मिलनबिन्दु पहिल्याउन आग्रह गर्नुभएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

सरकारले पेश गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश पारित गर्न सत्तारुढ दलको ब्यापक दबाब झेल्दै आउनु भएका राष्ट्रपति भण्डारीले,गतिरोध लम्बिदै गए समस्या थपिने भन्दै दलहरुलाई सचेत समेत गराउनुभएको हो ।

अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।

कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो फुकाउन नसकिएका बेला माओवादी केन्द्रका अध्यक्ष दाहालले भने समस्या समाधानका लागि मध्यमार्गी विकल्पको खोजी गर्नु पर्नेमा जोड दिदै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ