अनैतिक सम्बन्धपछि विवाहको दबाब, यसरी भयाे महिलाको हत्या

अनैतिक सम्बन्धपछि विवाहको दबाब, यसरी भयाे महिलाको हत्या

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

लहान, पुस १२ । एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए ।

मिर्चैयाबजारकी अंकिताको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पाइएपछि साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राउतले बताए ।

अंकितासँग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले अंकिताको हत्या गरेको अनुसन्धानकाक्रममा खुलेको प्रहरी निरीक्षक राउतले बताए ।

साहसँगको यौनसम्बन्धबाट अंकिताले तीन महिनाअघि छोरा जन्माएकी थिइन् । अंकिताको हत्याकाक्रममा नाबालक छोरा साथमै रहेको खुलेको छ ।

गत मंसिर २१ गते साँझ साहसँगै लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजमा बसेकी अंकिताको मंसिर २२ गते बिहान हत्या भएको अवस्थामा शव फेलापरेको थियो भने अंकिताको नवजात शिशु घटनास्थलमै रोइरहेको थियो ।

प्रहरीकाअनुसार लहानस्थित साहको जयराम सुनचाँदी पसलमा अंकिता गहना खरिद गर्न गएकी थिइन् ।

त्यसपछि साहले अंकितालाई दिएको भिजिटिङ कार्डमा रहेको नम्बर मोबाइलमा ‘सेभ’ गरेपछि सामाजिक सञ्जालमार्फत् उनीहरु साथी बनेका थिए ।

प्रहरीले नवजात शिशुलाई भने अंकिताको श्रीमान् श्रीप्रसाद यादवको जिम्मा लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ