कलाकार विना थापाको मृत्यु : उनकाे अन्तिम स्टाटस्, ‘मृत्यु मानिसको इमान्दार मित्र’ !

कलाकार विना थापाको मृत्यु : उनकाे अन्तिम स्टाटस्, ‘मृत्यु मानिसको इमान्दार मित्र’ !

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

१२ पुस,काठमाडौं । कलाकार विना थापाको मृत्यु भएको छ । बुधबार काठमाडौंको बत्तीसपुतलीमा ट्‍याङ्‍करले भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको हो।

बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार थापालाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएकी थापाको उचारको क्रममा मृत्यु भएको हो । गुल्मीको मुसिकोट गाउँपालिका–२ स्थायी घर भएकी २७ बर्षीया थापा हाल काठमाडौंको धापासीमा बस्दै अाएकी थिइन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवनायीका थापाले केही पहिले फेसबुकमा लेखेकी थिइन-”जिन्दगी के रहिछ त ? मानवीय घमण्ड आखिर किन ? यस्तै कुराले मलाई पिरोल्छ धेरैजसो पशुपतीनाथ को दर्शन अनि त्यहाँ को माहोल मा टोलाइरहन मन लाग्छ ।

त्यहाँ को गतिविधि हेर्नको लागि म प्राय पशुपति जाने गर्छु आफुलाइ फ्रेस बनाउन र केही बुझ्न, त्यहाँ बस्दा समय बितेको पत्तो पाउँदैन ।

मृत्यु भयानक छ तर इमान्दार छ । मानिसको इमान्दार मित्र कोही छ भने त्यो मृत्यु हो । मृत्युले कहिले धोका दिँदैन । जन्मदेखिसँगै बस्ने र जाँदा सँगै लिएर जाने मृत्यु रहेछ । मृत्युको आफ्नै लय हुन्छ जीवनको लय भन्दा फरक छ । मृत्यु सधै दुखदायी हुन्छ तर दुःखको कारण मृत्यु होइन त्यो प्रेम हो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ