राजपाद्धारा संबिधान संसोधनबारे एमालेको धारणा माग , पार्टी एकताका लागी छलफल जारी : महतो

राजपाद्धारा संबिधान संसोधनबारे एमालेको धारणा माग , पार्टी एकताका लागी छलफल जारी : महतो

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, पुस १२ । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधनबारे एमालेको धारणा माग्नु भएको छ ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा महतोले विगतमा एमाले संविधान संशोधनको विपक्षमा उभिएको भन्दै उहाँले एमालेले आफ्नो धारणा प्रष्ट गर्नुपर्ने वताउनु भयो ।

संविधान संशोधनका लागि आन्दोलन जारी रहने भन्दै उहाँले कोसँग मिलेर सरकार बनाउने भन्ने विषय गौण रहेको बताउनुभयो ।
सरकार निर्माण आफ्नो पार्टीको प्राथमिकतामा नरहेको उहाँको भनाई थियो ।

उहाले संविधान संशोधनको पक्षमा उभिने दललाई सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिने धारणा व्यतm गर्नुभएको थियो ।

राजपा नेता महतोले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्ने तहमा छलफल भइरहेको पनि बताउनु भयो ।

महतोले संघीय समाजवादी फोरम र राजपा मिलेर निर्वाचन लडेकाले मधेसमा राम्रो परिणाम आएको भन्दै अब पार्टी एकता नै गरेर मधेसको अधिकार रक्षाका लागि लड्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ