केपी ओली र प्रचण्डबीच भेटवार्ता , डेढ घण्टा लामो छलफलमा के भयो ?

केपी ओली र प्रचण्डबीच भेटवार्ता , डेढ घण्टा लामो छलफलमा के भयो ?

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, पुस १२ ।
पार्टी एकता , सरकार गठन लगायतका बिषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज छलफल भएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा दुई शिर्ष नेताबीच नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा गठन अध्यादेशकाबारेमा केन्द्रित रहेर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

दुई नेताबिच झण्डै डेढ घण्टा छलफल भएको अधिकारीले वताउनु भयो ।
पार्टी एकताका विषयमा बाहिर आएका कुरा हल्ला मात्र भएकाले त्यस्ता हल्लाको पछि लाग्न नहुने, जतिसक्दो छिटो पार्टी एकताको काम टुंग्याउनुपर्ने, नयाँ सरकार गठनमा ढिलाई गर्न नहुने र सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा दुवै नेता एकमत रहेको अधिकारीले जानकारी दिनुभयो ।
साथै एमाले र माओवादी केन्द्रको पार्टी संयोजन समितिको बैठक भोलि (बिहीबार) बस्ने पनि जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ