प्रचण्डलाइ सेरेमोनियल भूमिकामा राख्न चाहन्छन् अाेली ! के मान्लान् प्रचण्डले यस्तो प्रस्ताव ?

प्रचण्डलाइ सेरेमोनियल भूमिकामा राख्न चाहन्छन् अाेली ! के मान्लान् प्रचण्डले यस्तो प्रस्ताव ?

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ,पुस १२ ।

वाम गठबन्धनलाई एकताको स्वरुप दिँदा संयुक्त नेतृत्वमा जाने हो या एकल नेतृत्वलाई सबैले अनुमोदन गर्ने हो भन्ने कुरा चर्चाको विषय बनेको छ ।

एमालेका कतिपय नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिइसकेका छन् भने माओवादीले आफैले यसो गरौँ भन्न नसकिरहेको अवस्था छ ।

यसैबीच प्रचण्डलाई राष्ट्रपति दिने भन्ने विषय पनि उठेको आजको जनआस्था साप्ताहिकमा खबर छ ।

तर, उनी अहिले नै सेरेमोनियल भूमिकामा रमाउन सक्ने व्यक्ति होइनन् । के प्रचण्ड महासचिव महन भण्डारी कार्यकारी प्रमुख रहेको मानार्थ अध्यक्ष ‘मनमोहन’ बन्न तयार होलान् ? त्यो अपेक्षा राख्न सक्ने अवस्था छैन ।

केही दिनअघि ओलीले प्रचण्डलाई राष्ट्रपति बन्नुस् न त भन्ने राखेको पनि सुनिएको थियो । प्रचण्डले सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गर्दा बरु रामबहादुर थापा ‘बादल’ लाई पठाऊँ भन्ने निश्कर्ष निकालिएको र सो प्रस्ताव लिएर फेरि प्रचण्ड ओली कहाँ पुगेको चर्चा छ ।

स्रोतका अनुसार प्रचण्डको प्रस्ताव सुनेपछि ओलीले जवाफ फर्काउँदै, ‘तपाईंको पो व्यवस्थापन सहज होस् भन्दै त्यस्तो अनुरोध गरिएको हो । यदि अरु नै बनाउनुपर्ने भए विद्याजी नै हुनुहुन्छ नि,’ भनेको र प्रचण्ड रिसाएर जिल्लातिर लागेको माओवादी हेडक्वाटरमा चर्चा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ