लालबाबु पण्डित भन्छन् , प्रचण्डलाई अध्यक्ष र प्रधानमन्त्री दुबै दिन सकिँदैन

लालबाबु पण्डित भन्छन् , प्रचण्डलाई अध्यक्ष र प्रधानमन्त्री दुबै दिन सकिँदैन

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

११ पुस,काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने बताएका छन् । एकतापछि को पार्टी अध्यक्ष र को प्रधानमन्त्री हुने भन्नेमा एमाले र माकेमा विवाद जारी रहेको बेला नेता पण्डितले सो कुरा बताएका हुन् ।

नवनिर्वाचित सांसद पण्डितले प्रचण्डलाई अध्यक्ष र प्रधानमन्त्री दुबै मन्न नसकिने बताउँदै नेतृत्व आलोपालो नहुने दाबी गरे । “नेतृत्व आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन । एकीकृत पार्टीको अध्यक्ष पनि उहाँ बन्नुहुन्छ” पण्डितले भने । उनले आफूहरु यही लाइनमा छलफलमा जुटेको बताए ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा एक अर्को प्रसंगमा पण्डितले पार्टी अध्यक्षमा एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पनि हुन सक्ने समेत बताए । पार्टी एकताको मापदण्ड बनाउन छलफल भइरहेको बताए ।

नेता पण्डितले नेपाली काँग्रेसले जनतको सम्मान गर्नु छोडेर सरकारमा बसिरहेको आरोप समेत लगाए । उनले सत्ता हस्तान्त्रण गर्न काँग्रेस नेतृत्वले ढिलाई गर्न नहुने बताए ।

राष्ट्रपतिसमक्ष पेश गरिएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताउँदै नेता पण्डितले पुर्नविचार गरेर नयाँ सरकारले अध्यक्षदेश अगाडि बढाउने बताए ।

माओवादी केन्द्रका नेताहरुले नेतृत्व अालोपालो गर्ने भनिएका छन् भने एमाले नेताहरुले त्यसको प्रतिवाद गरिरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ