एमालेसँगको एकतालाई लिएर माओवादीमा बिबाद चर्कियो , असन्तुष्ठ पक्षद्धारा ‘आठौं महाधिवेशन समूह’ गठन

एमालेसँगको एकतालाई लिएर माओवादीमा बिबाद चर्कियो , असन्तुष्ठ पक्षद्धारा ‘आठौं महाधिवेशन समूह’ गठन

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

११ पुस, काठमाडौं ।

नेकपा एमालेसँग पार्टी एकतालाई लिएर माओवादी कृेन्द्रभित्र अन्तरबिरोध चर्किएको छ । आज माओवादी भित्रका असन्तुष्ट पक्षले नेता गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ गठन गरेको छ ।

हिजो मात्रै माओवादी नेता आहुतीले एकताको बिरोध गर्दै राजिनामा दिएका थिए ।

एमालेसँग पार्टी एकतालाई लिएर असन्तुष्ट वनेका माओवादी केन्द्रका नेताहरुले किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ बनाएका हुन् ।

आज भएको भेलाले किरातीको संयोजकत्वमा आठौं महाधिवेशन समूह गठन गरेको हो । साथै गठवन्धनको विषयलाई लिएर रुष्ट वनेका र्काकर्ताले पार्टी अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै महाधिवेशन को माग समेत गरेका छन् ।
समूहले महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुई लाइन संघर्ष गर्ने निर्णय गरेको छ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एकता गरे पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुने नेता किरातीले बताउनु भयो ।
प्रदेश २ मा मधेस सरकार बन्न लागेको स्वागत गरेको यो समूहले ताम्सालिङ, किरात, लिम्बुवान लगायतका स्वायत्त राज्य सरकार स्थापना गर्न संविधान संशोधन संयुक्त आन्दोलन निर्माणको आव्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ