काठमाडौं, पुस ११ ।
रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चुलिएको छ ।
मौलिक स्वरुप समाप्त गरेर रानीपोखरीको पुनर्निर्माण भैरहेको भन्दै संरक्षणकर्मी र उपमेयर खड्गीले लगाएको ताला मेयर शाक्यले नगर प्रहरी लगाएर फोडेपछि विवाद झनै चुलिएको हो ।
आज बिहान स्थानियबासिन्दा, संरक्षणकर्मी र उपमेयर हरिप्रभा खड्गीसहितको टोलीले लगाएको ताला महानगरपालिकाका मेयर शाक्यले नगर प्रहरी लगाएर फोडेको स्थानीयबासी तथा सम्पदा अभियन्ता आलोक तुलाधरले जानकारी दिनुभयो ।
भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको क्रममा कंक्रिट प्रयोग भएकोमा विवाद चुलिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline