संक्रमणकालको अन्त्य वर्तमान सरकारको सफलता : प्रधानमन्त्री

संक्रमणकालको अन्त्य वर्तमान सरकारको सफलता : प्रधानमन्त्री

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

चितवन, पुस ११ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताउनु भएको छ ।
चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताउनु भयो ।
उहाले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिनुभएको छ । हात्ती महोत्सवले समग्र देशलाई नै अन्तर्रा्ष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नभयो ।
प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडकखन्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले सौराहालाई सुरक्षित बनाउन तटबन्धको जरुरी रहेको औंल्याए ।

यस्तै, क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले नारायणगढ–मुग्लिन सडकखन्ड छिट्टो निर्माण गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ