कम्युनिष्ट पार्टीभित्र रहेका अवसरवादीकै टाउकोमा बम हान्नुपर्छ : असारे काका

कम्युनिष्ट पार्टीभित्र रहेका अवसरवादीकै टाउकोमा बम हान्नुपर्छ : असारे काका

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

११ पुस,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ले कम्युनिस्ट पार्टी्भित्र रहेर अवसर खोज्ने र लुट्नेहरुको टाउकामा बम हान्नुपर्ने बेला आएको बताउनु भएको छ ।

१२५औं माओ दिवसको अवसरमा नेकपा जनवर्गीय संगठनहरुले ‘माओ दिवस समारोह समिति’द्वारा आयोजना गरेको कार्यक्रमममा अध्यक्ष असारे काकाले पार्टी्भित्र देखिएका अवसरवादीहरुलाई रोक्न मालेमावादी दर्शनलाई बलियो पकडनुपर्ने बताउनु भयो ।

उहाँले माओले खराब प्रवृत्ति हुर्कन र फैलाउन नदिन हेडक्वार्टरमा बम वर्षाउन पार्टीपंक्तिलाई आह्वान गरेका घटनाको स्मरण गराउनु भयो ।

दलाल पूँजीवादी व्यवस्थालाई परास्त गर्न नेकपाले लिएको एकीकृत जनक्रान्तिको कार्य्दिशा एक मात्र विकल्प रहेको बताउँदै उहाँले नेकपा नेपाली जनताको पार्टी भएको बताउनु भयो ।
पार्टी्भित्र विभिन्न रुपका अवसरवादी र पलायनकारीलाई पन्छाएर पार्टी अगाडि बढ्नुनै माओ दिवसको सान्दर्भिकता कायम रहने बताउनु भयो । कार्यक्रममा जवसका प्रमुखहरुले चीनमा सर्वहारा क्रान्ति सम्पन्न गर्नमा माओको सफल नेतृत्वको चर्चा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ