११ पुस,दैलेख । चुनावपछि नेकपा एमालेभित्र तीव्र असन्तुष्टी बढेको छ । चुनाव जित्नको लागि गरिएका अनैतिक क्रियाकलापहरुप्रति असहमति जनाउँदै जिल्लामा विद्रोह भएको छ ।
चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमती जनाउँदै अाएका जिल्ला नेता कर्णबहादुर शाहीको नेतृत्वमा विद्रोह भएको हो ।
जिल्लाको महाबु नगरपालिकाका इमान्दार नेता शाहीले विगत २१ वर्षदेखि एमालेको नेतृत्व गर्दै अाएका थिए ।
एमाले र माकेले समाजवादका नारा दिएपनि नीति र व्यवहार त्यस्तो नभएको भन्दै नेता शाहीले कार्यकर्ताको ठूलो टीम सहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।
यसअघि युवा नेता मोहन शाहीको एमालेबाट ठूलो दलबलसहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । उनिसहित ११३ जनाले संयुक्त रुपमा एमाले परित्याग गरेका थिए ।
विद्रोह गरेका शाहीले चुनावमा मतदाताको लागि खर्च गर्न भनि दिएको दश हजार रुपैयाँ समेत फिर्ता गरेका छन् ।