पुस १० ,काठमाडौँ / आदिवासी नेवार जातीको छाता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस मनाउने भएको छ ।
भाषिक अधिकार संगै पहिचानको निमित्त जातीय एकताको लागि अधिराज्य भरि रहेका दबु शाखाले एकैसाथ विभिन्न कार्येक्रम गरि मनाइने दबुले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
वृहत रुपमा नेवाः एकता दिवस मनाउन गएको शनिवार नेवाः देय् दबूकेन्द्रिय कार्यालयमा समिति गठन भएको हो ।
बि. स २०६६ सालमा नेवा स्वायत्त संयुक्त संघर्ष समितिको योजनामा दशरथ रंगशालामा नेवार जातीका अग्रजकर्ताहरुको वृहत भेलाबाट नेवा स्वयत्त संयुक्त संघर्ष राज्य घोषणा गर्दै नेवारजातीको माग अवधारणा सार्विजनिक गर्दै क्रमश अर्को बर्ष मा भक्तपुर ,थिमीको बोडेमा राजनैतिक सम्मेलन गर्दै छैठै पटकमा ललितपुरमा आयोजित भेलाले नेवार जातीभित्र समानताको घोषणा गर्दै सातौ हुदै एकता दिवस पार गर्दै आठौ दिवस राजधानीमा हुने कार्येक्रममा नयाँ सडक स्थित भूगोल पार्कमा बिहान ११ बजे जम्मा भइ र्याली हुदै दिउसो १ बजे असन पुगी सभा गरिने भएको छ ।
देय् दबूंका अध्यक्ष नरेश ताम्राकारले नेवाः एकता दिवस वृहत रुपमा मनाउन उपस्थित हुनका लागि उपत्येकाभित्र रहेका नेवार जातीय संघ सस्था समुह सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ ।